Main News
उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना
२०७८ पुष ७ गते ९:०३
७ पुस २०७८ काठमाडौं । आज प्रदेश १ को उच्च पहाडी तथा हिमाली भेगको एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभाव रहेकाले आज दिउँसो प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने छ ।
यस्तै आज राति देशको पहाडी भूभागमा आंशिक बदली हुने र अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया