Main News

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

हिमालय टिभी
२०७८ पुष ६ गते १८:३५
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

६ पुस २०७८ काठमाडौं । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ ।

आयोगले सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशहरुलाई पुस १२ गतेदेखि लागू हुने गरेर निर्वाचन अधिकृत नियुक्त गरेको हो।

प्रदेश १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

यस्तै, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भटृराई, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा, कर्णाली प्रदेशको लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुलाइ निर्वाचन अधिकृतका रुपमा नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *