Main News

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, २९० संक्रमित थपिँदा २३२ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ पुष ६ गते १६:४९
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, २९० संक्रमित थपिँदा २३२ संक्रमणमुक्त

६ पुस २०७८ काठमाडौं । नेपालमा कोरोना भाइरसका २ सय ९० जना संक्रमित थपिएका छन् भने थप ३ जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ४ सय ७३ पीसीआर परीक्षणबाट २ सय ५२ तथा ४ हजार ६ सय १६ एन्टिजेन परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक २ सय ३२ जना संक्रमणमुक्त भएका छन । अहिले देशभर ५ हजार २ सय ४२ सक्रिय संक्रमित छन ।

थप ३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७७ पुगेको छ । पछिल्लो पटक २ लाख ४७ हजार ८ सय १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *