Main News
एमसीसी विकासका पक्षमा रहेकाले अघि बढाउनु सरकारको दायित्व होः गृहमन्त्री खाँण (भिडियो रिपोर्टसहित)
२०७८ पुष ६ गते १४:४२
६ पुस २०७८ जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालको विकासको पक्षमा रहेकाले त्यसलाई अघि बढाउनु सरकारको दायित्व भएको छ ।
जनकपुरधाममा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले देशको विकासको पक्षमा रहेको एमसीसी अगाडि बढाउनु गलत नभएको बताउनुभयो ।
गृहमन्त्री खाँणले दलहरुबीच सहमतिका लागि संसदमा लैजान ढिलाइ गरिएको बताउनुभयो ।
सत्तारुढ दलहरुभित्रै सहमति नहुँदा सरकारले एमसीसी सदनमा प्रस्तुत गर्न सकेको छैन ।
प्रतिक्रिया