Main News

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, २२० संक्रमित थपिँदा २६३ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ पुष ५ गते १६:४९
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, २२० संक्रमित थपिँदा २६३ संक्रमणमुक्त

५ पुस २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण दर फेरि बढेको छ । केही दिनयता ३ प्रतिशतको हाराहारीमा रहेको संक्रमण दर आज बढेर ५ दशमलब तीन एक प्रतिशत पुगेको हो ।

यस्तो पछिल्लो पटक परीक्षण संख्या पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षणमा २ सय १८ र १ हजार ४ सय १६ एन्टिजेन परीक्षणमा २ जना गरि २ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमा काठमाडौं उपत्यकका १ सय २९ जना छन् । यस्तै थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संंख्या ११ हजार ५ सय ७४ पुगेको छ । २ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको छ । पछिल्लो पटक थप ८६ हजार हजार ५ सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *