Main News

प्रधानमन्त्री देउवाले गरे संस्कृति संरक्षणमा लागेको ज्यापु समाजको प्रशंसा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ४ गते १८:५७
प्रधानमन्त्री देउवाले गरे संस्कृति संरक्षणमा लागेको ज्यापु समाजको प्रशंसा (भिडियो रिपोर्टसहित)

४ पुस २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको मौलिक सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताउनुभएको छ ।

राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले संस्कृति संरक्षणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कला, संस्कृति, सम्पदाको विकासमा अझ लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *