कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, १८१ संक्रमित थपिँदा २८९ संक्रमणमुक्त

४ पुस २०७८ काठमाडौं । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजारमा झरेको छ ।
दैनिक संक्रमणदर कम हुँदै जादा सक्रिय संक्रमित पनि ५ हजार २ सय ७१ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक १ सय ८१ जनामा संक्रमण देखिएको छ ।
यो संक्रमणदर १ दशमलव ३ प्रतिशत हो । ४ हजार ८ सय ३१ जनाको पीसीआर गर्दा १ सय ३३ र ५ हजार ४१ जनाको एन्टीजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज ९७ हजार २६ जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने १८ बर्ष माथिकाको संख्या ४८ दशमलव ३ प्रतिशत र पहिलो मात्रा लगाउनेको संख्या ६० दशमलव ४ प्रतिशत पुगेको छ ।
सरकारले खोपको पूर्ण मात्रा लगाउनेको संख्या ५० प्रतिशत पुगेपछि बुस्टर डोज लगाउने तयारी गरेको छ ।
प्रतिक्रिया