Main News
बाँदरझुलाका सुकुम्बासीः अन्तिम लडाइँका लागि काठमाडौंको माइतीघरमा (भिडियो रिपोर्टसहित)
२०७८ पुष ४ गते १६:३२
![बाँदरझुलाका सुकुम्बासीः अन्तिम लडाइँका लागि काठमाडौंको माइतीघरमा (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/12/badarjhula-andolan.jpg)
४ पुस २०७८ चितवन । चितवनको माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा संघर्ष शुरु गरेको छ ।
बाँदरझुला संघर्ष समितिले आज काठमाडौंको माइतीघरमा लालपुर्जा प्राप्तिको माग गर्दै संघर्ष सुरु गरेको हो । बाँदर झुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायका लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नु परेको बताउनुभयो ।
संयोजक आचार्यले नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक–पटक आन्दोलन गरे पनि माग पूरा नभएको बताउनुभयो । अब अन्तिम लडाइँ लड्नकै लागि काठमाडौं आएको उहाँले बताउनुभयो ।
८ वर्षदेखि कर बुझाएको प्रमाण आफूहरुसँग भएपनि लालपूर्जा नपाएको उनीहरुको गुनासो छ ।
प्रतिक्रिया