Main News

बढेको बढ्यै चिसो, पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ पुष ४ गते ९:३०
बढेको बढ्यै चिसो, पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

४ पुस २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली हुने बताएको छ ।

हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहे पनि पहाडी भू–भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका केही र बाँकी प्रदेशका तराईका भू–भागका थोरै स्थानमा हुसु÷कुहिरो लागेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार आज प्रदेश १ र बागमति प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

यसैबीच, आज काठमाडौंको तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान ६ बजेको तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार आज काठमाडौंमा मौसम बदली हुने र तापक्रम अझै घट्दै जाने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *