Main News
कोरोना संक्रमणबाट१८४ संक्रमित थपिए, थप दुई जनाको मृत्यु
२०७८ पुष १ गते १७:२२

१ पुस २०७८ काठमाडौं । नेपालमा थप १ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
७ हजार २ सय ३० जनाको पिसिआर परीक्षणमा एक सय ६० र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिएका छन्। काठमाडौंमा ६२, ललितपुरमा २० र भक्तपुरमा ५ जना संक्रमित थपिएका छन् ।
पछिल्लो पटक दुई सय ६७ जना संक्रमण मुक्त भएका छन । अहिले देशभर ५ हजार ५ सय २६ जना सक्रिय संक्रमित छन्।
पछिल्लो पटक थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६७ पुगेको छ ।
पछिल्लो पटक नेपालमा दुई लाख ४० हजार पाँच सय ६४ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन ।
प्रतिक्रिया