Main News

उडेको २ मिनेटमै बुद्ध एयरको विमानको इन्जिन फेल, सबै यात्रु सकुशल

हिमालय टिभी
२०७८ पुष १ गते १७:१५
उडेको २ मिनेटमै बुद्ध एयरको विमानको इन्जिन फेल, सबै यात्रु सकुशल

१ पुस २०७८ भरतपुर । इन्जिनमा समस्या देखिएपछि चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको जहाजले आकस्मिक अवतरण गरेको छ ।

विमानस्थल स्रोतले दिएको जानकारी अनुसार भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएर आकस्मिक अवतरण गरेको हो ।

जहाजको दुईमध्ये बायाँ इन्जिन फेल भएको हो । जहाज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको २ मिनटमै पाइलटले कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेका थिए ।

विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा तारतम्य मिलाएर जहाज अवतरण गराएको हो । १८ जना यात्रु चढेको अहिले जहाज धावनमार्गमै छ । यात्रुहरुलाई सुरक्षित निकालेर जहाजलाई धावनमार्गबाट खाली गराउने तयारी भइरहेको विमानस्थलले जनाएको छ । यात्रु र चालक दलका सबै सदस्य सुरक्षित छन् । विमानस्थल केहीबेरका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *