कांग्रेस महामन्त्री मतगणना : थापा र शर्माको अग्रता कायमै
१ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म ४ हजार १ सय ९० मत गणना भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी थापाले दुई हजार ७ सय ९ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने अर्का प्रत्यासी शर्माले एक हजार ७ सय ३६ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले एक हजार ३ सय ८६, प्रदीप पौडेलले एक हजार दुई सय ४२, डा मीनेन्द्र रिजालले ७ सय २२ र डा राजाराम कार्कीले ९३ मत प्राप्त गर्नुभएको छ ।
महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार हुनुहुन्छ ।
प्रतिक्रिया