Main News

अब उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेशी

हिमालय टिभी
२०७८ मंसिर २९ गते १८:१६
अब उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेशी

२९ मंसिर २०७८ काठमाडौं । सर्वोच्च अदालतले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाटै पेशी तोक्नका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिएको छ ।

सर्वोच्चका न्यायाधीशहरुको आज बसेको पूर्ण बैठकले उच्च र जिल्ला अदालतमा गोला प्रथाबाट पेशी तोक्नका लागि अध्ययन गर्न सर्वोच्चले अदालत प्रशासनलाई निर्देशन दिएको हो ।

निर्णयको प्रति हस्ताक्षरका लागि फुलकोर्टको निर्णय प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासमक्ष पठाइएको छ । पूर्ण बैठकले जिल्ला अदालत र उच्च अदालतमा गोला प्रक्रिया शुरु गर्नका लागि कुनकुन नियमावलीमा कसरी संशोधन गर्न आवश्यक छ भन्ने बारे अध्ययन गर्न प्रशासनलाई निर्देशन दिएको छ ।

प्रशासनले तयार पार्ने प्रतिवेदनका आधारमा नियमावली संशोधनअघि बढाइनेछ । न्यायाधीशहरुले उच्च र जिल्ला अदालतहरुमा माघको पहिलो सातादेखि गोला प्रक्रिया शुरु गर्न सकिने आँकलनका साथ तयारी शुरु गरिएको हो ।

न्यायाधीशहरुले गोला प्रक्रियाको शुरुवातका लागि उच्च अदालत र जिल्ला अदालत नियमावलीमा गर्नुपर्ने संशोधनका बारेमा छलफल गरेका थिए ।

उच्च अदालतमा धेरै न्यायाधीश हुने हुनाले सर्वोच्च अदालतमा जस्तै इजलास गठनका लागि गोला प्रक्रिया गर्नुपर्छ र फेरि मुद्दा छान्न अर्को गोला तान्नुपर्छ । तर जिल्ला अदालतमा एकजना न्यायाधीशको मात्रै इजलास गठन हुने भएकाले केवल न्यायाधीशले गोला तानेमात्रै पुग्छ ।

यसबारे न्यायाधीशहरुले निर्णय गरेर त्यो प्रस्ताव प्रधानन्यायाधीशसमक्ष पुर्‍याएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *