Main News

दोस्रो चरणमा ११५ मत कम खस्यो

हिमालय टिभी
२०७८ मंसिर २८ गते २१:५८
दोस्रो चरणमा ११५ मत कम खस्यो

२८ पुस, काठमाडौं  ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदानमा ४ हजार ५ सय ६४ मत खसेको छ ।

यसअघि पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो । दोस्रो चरणमा ११५ मत कम खसेको छ । दोस्रो चरणमा शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो चरणबाट प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ बाहिरिनु भएको थियो । मतदान सकिएलगत्तै अहिले केही बेरमा मतगणना हुनेछ । यसको नतिजा आएपछि उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मको मतगणना हुनेछ । ती मतमेटिका भने पार्टी कार्यालय सानेपामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *