Main News

एमसीसीको विरोध, नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीको धरपकड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २८ गते २०:१८
एमसीसीको विरोध, नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीको धरपकड (भिडियो रिपोर्टसहित)

२८ मंसिर २०७८ काठमाडौं । मिलेनिअम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै आज काठमाडौंमा प्रदर्शन गरिएको छ । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासहित ६ वटा पार्टीले विरोध प्रदर्शन गरेका हुन् ।

आजदेखि शुरु भएको संघीय संसदको अधिवेशनबाट एमसिसी पारित गर्ने तयारी रहेको भन्दै नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र देशभक्त जनतान्त्रिक मोर्चाले सम्झौता खारेजीको माग गर्दै संसद भवन घेराउको तयारी गरेका थिए। एमसीसीको विरोधमा उत्रिएका उनीहरुका कार्यकार्ताका कारण बानेश्वर परिसर तनाग्रस्त रह्यो ।

प्रदर्शनकारीले डुगांमुढा नै गर्न थालेपनि प्रहरीले बल समेत प्रयोग गर्यो । यसैक्रममा २० जना भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

आजदेखि सुरु भएको संसदको हिउँदे अधिवेसनलाई लक्षित गर्दै एमसीसीको विरोधमा उत्रिएका उनीहरुले नो एमसीसी भन्दै नाराबाजी समेत गरे ।

एमसीसी राष्ट्रको लागि घातक भएकाले एमसीसी कुनै पनि हालतमा पारित हुननहुने उनीहरुको माग छ ।

संसद भवनको ३ वटै गेटमा सानो सानो झुण्ड लिएर अघि बढेका प्रदर्शनकारीका कारण सवारी साधन घण्टौं रोक्नु पर्दा यात्रुलाई आवतजावत गर्न भने निक्कै समस्या भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *