Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २६४ संक्रमित थपिँदा ३६२ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ मंसिर २८ गते १७:३७
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २६४ संक्रमित थपिँदा ३६२ संक्रमणमुक्त

२८ मंसिर २०७८ काठमाडौं । देशभर थप २ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।

२४ घण्टाको अवधिमा १३ हजार ७ सय ९ जनामा गरिएको परीक्षणमा २ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै काठमाडौंमा १ सय ९ जना संक्रमित थपिएका छन् । ३ सय ६२ जना संक्रमणमुक्त भएका छन् । देशभर अहिले ५ हजार ६ सय ८९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

आज थप २ लाख ३६ हजार ४ सय ८२ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । पहिलो मात्रा र पूर्ण गरी अहिलेसम्म २ करोड ९ लाख ९५ हजार ५ सय ३६ जनाले खोप लगाइसकेका छन् ।

नेपालमा हालसम्म ३ करोड १४ लाख १९ हजार ३ सय ३० डोज खोप नेपाल भित्रिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *