Main News

बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार, पाँच जना मन्त्री र एक राज्यमन्त्री थपिए

हिमालय टिभी
२०७८ मंसिर २८ गते १७:०२
बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार, पाँच जना मन्त्री र एक राज्यमन्त्री थपिए

२८ मंसिर २०७८ बागमती । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप्नु भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बन्नु भएको छ ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बन्नु भएको छ । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बन्नु भएको छ ।

नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिनेछन् । हाल बागमती मन्त्रिपरिषद ५ सदस्यीय छ र मंगलबार ६ जना थप भएका छन् । वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *