Main News

आज पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने

हिमालय टिभी
२०७८ मंसिर २८ गते ९:५९
आज पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने

२८ मंसिर २०७८ काठमाडौं । आज पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेपनि देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको बताएको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहि देशका अन्य भू–भागमा सामान्यतया मौसम सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै आजराति देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *