Main News

देउवा पहिलो चरणमै पार्टी सभापति निर्वाचित हुने नेता खाँणका दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २७ गते १९:११
देउवा पहिलो चरणमै पार्टी सभापति निर्वाचित हुने नेता खाँणका दाबी (भिडियो रिपोर्टसहित)

२७ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने दाबी गर्नुभएको छ ।

भृकुटीमण्डपमा आज पत्रकारहरुसँगको कुराकानीमा नेता खाणले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताउनु भयो । उहाँले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकोले केन्द्रिय सदस्यमै सिमित रहेको समेत बताउनु भयो ।

त्यस्तै नेता शशांक कोइरालाले आफू जहिल्यै पनि कांग्रेसलाई एकवद्ध भएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै उहाँले कुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताउनुभयो ।

सभापतिका उम्मेदवार प्रकाशमान सिंहले वर्तमान नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताउनु भयो ।

कांग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डमा सञ्चालन भइरहेको छ । आज पार्टी नेतृत्व चयनको लागि मतदान भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *