Main News

कांग्रेस महाधिवेशन : कहिले सकिन्छ मतगणना ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २६ गते २१:००
कांग्रेस महाधिवेशन : कहिले सकिन्छ मतगणना ? (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै मतदान प्रकृयाको तयारी शुरु भएको छ ।

अब निर्वाचन प्रकृया कसरी अगाडि बढ्छ र निर्वाचन सकिएको कति समयावधिमा मतगणना सकिएला ? निर्वाचन समितिको तयारी कस्तो छ त ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि शनिबार ५ सय ४८ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन समितिले आइतबार साढे १२ बजे सम्मका लागि मनोनयन फिर्ता गर्ने समयावधि तोकेको थियो। तर निर्वाचन समितिले केही लचकता देखाउँदै १ बजेसम्मका लागि मनोनयन फिर्ताको समय बढाएको थियो ।

मनोनयन गराएका ५ सय ४८ जना मध्ये दुइ पदाधिकारी र ५९ केन्द्रीय सदस्य गरि ६१ जनाले मनोनयन फिर्ता लिएका छन् । अब १३४ पदमा ४ सय ८७ जनाको प्रतिष्पर्धा हुनेछ ।

पदाधिकारीका सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने र सहमहामन्त्रिमा उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले मनोनयन फिर्ता लिनुभएको छ । निर्वाचन समितिले दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन गरेको थियो ।

कांग्रेसको निर्वाचनमा ४ हजार ७ सय ४३ जनाले मतदाताहरुले मतदान गर्नेछन्। निर्वाचनमा एक जना मतदातालाई ४५ देखि ५५ मिनेट भित्र सहज तवरले मतदान गर्ने गरि मतदान प्रकुया अगाडी बढाइएको निर्वाचन समितिको भनाइ छ।

सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचनमा तीन वटा निर्वाचन बुथ राखिएको छ। मतपत्र अलिकति लामो भएपनि सजिलो गरि नामावली राखिएको र बुझेका मतदाता भएका कारण मत बदरको सम्भावना नरहेको निर्वाचन समितिको दाबी छ । समयमै मतगणना कार्य सम्पन्न गर्ने निर्वाचन समितिका सदस्य रावलले बताउनु भयो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ५ सभापतिमा शेरबहादुर देउवा, डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ्गको उम्मेदवारी परेको छ । कांग्रेसमा सभापतिका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ । पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारको मत ५१ प्रतिशत मत नआए पुनः मतदान हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *