Main News

बलेफीमा भएको बस दुर्घटनामा चालकको मृत्यु, आठ जना गम्भीर घाइते

हिमालय टिभी
२०७८ मंसिर २६ गते ७:३२
बलेफीमा भएको बस दुर्घटनामा चालकको मृत्यु, आठ जना गम्भीर घाइते

२६ मंसिर २०७८ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४, बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी(६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् ।

अन्य सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सिन्धु सदावहार अस्पताल खाडीचौर र धुलिखेल अस्पताल लगिएको छ । बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतेको पहिचान खुल्न बाँकी छ ।

बलेफी–५ का स्थानीय सन्तोष भुजेलको विवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस राति ९ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *