Main News
एमाले सल्लाहकार परिषदको अध्यक्ष बोहोरा चयन
२०७८ मंसिर २५ गते १७:३९
२५ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेका नेता अमृतकुमार बोहोरा पार्टीको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्ष चयन हुनु भएको छ ।
आज भक्तपुरको गट्ठाघरमा शुरु भएको पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा नेता बोहोरा सो परिषदको अध्यक्षमा चयन हुनु भएको हो । अध्यक्षमा चयन भएलगत्तै उहाँले अध्यक्ष ओलीबाट पद तथा गोपनियताको सपथ लिनुभयो ।
पूर्वमन्त्रीसमेत रहनु भएका बोहोरा ७० वर्षे उमेर हदका कारण पार्टीको केन्द्रीय कमिटीमा नेतृत्वका लागि दावी गर्न पाउनु भएको थिएन । नवौं महाधिवेशनमा उहाँ पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
प्रतिक्रिया