Main News

देशका अधिकांश स्थानमा आशिंक बदली, पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ मंसिर २४ गते ९:१९
देशका अधिकांश स्थानमा आशिंक बदली, पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

२४ मंसिर २०७८ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा आंशिक बदली रहने जनाएको छ ।

प्रदेश १, गण्डकी र बागमती प्रदेशमा आंशिक बदली रही अन्यत्र मौसम सफा रहने महाशाखाको भनाइ छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी र बागमतीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । प्रदेश २, लुम्बीनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशकको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

उच्च पहाडी भूभागमा हिमपात तथा तराईका भू–भागमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने भएकाले चिसो बढ्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *