Main News

सभापतिको साझा उम्मेदवार तय गर्न पौडेल पक्ष आज पनि छलफलमा जुट्दै

हिमालय टिभी
२०७८ मंसिर २३ गते ८:५१
सभापतिको साझा उम्मेदवार तय गर्न पौडेल पक्ष आज पनि छलफलमा जुट्दै

२३ मंसिर २०७८ काठमाडौं । महाधिवेशनका लागि नेपाली कांग्रेसको संस्थापन इतर समूहको सभापतिको साझा उम्मेदवार तय गर्न बैठक बस्दैछ ।

हिजो साँझको बैठक पनि बिना निष्कर्ष सकिएपछि आज केन्द्रीय समितिका सदस्यहरूले साझा उम्मेदवार चयन गर्ने बताइएको छ । आज बेलुकासम्म साझा उम्मेदवार चयन हुने जनाइएको छ ।

इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला सभापतिको आकांक्षी हुनुहुन्छ । तर शशांकले साझा उम्मेदवार भए आफू पछि हट्न तयार रहेको बताइसक्नु भएको ।

सभापतिको साझा उम्मेदवार चयन गर्न हिजोको बैठकमा चर्काचर्की भएको सहभागी नेताको भनाइ छ । पौडेलले आफूलाई एक पटक सभापतिको उम्मेदवार बनाउन आग्रह गर्नुभएको थियो ।

तर सिंह र शेखरले सभापतिमा अडान दोहोर्‍याएपछि आफूलाई समर्थन नदिए राजनीतिबाटै सन्यास लिने पौडेलले चेतावनी दिनुभएको थियो ।

सभापतिमा साझा उम्मेदवारका लागि इतर समूह हिजो विहानैदेखि लगातार छलफलमा जुटेपनि सिंह र कोइरालाले छाड्न नमानेपछि सहमति जुटन् सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *