Main News

१३औं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक आज

हिमालय टिभी
२०७८ मंसिर २३ गते ७:२७
१३औं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक आज

२३ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज बस्दै छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज बिहान साढे ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । बैठकले पार्टीको १४औं महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिने छ ।

बैठकमा खुलातर्फ दुईजना सहमहामन्त्री थप्ने प्रस्ताव ल्याउने तयारी भएको छ । सभापति देउवा र महामन्त्री शशांक कोइरालाबीच दुई सहमहामन्त्री थप्ने विषयमा सहमति भइसकेको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भने भागवण्डा मिलाउन अन्तिम समयमा सहमहामन्त्री थप्ने प्रस्तावको विपक्षमा हुनुहुन्छ ।

कांग्रेसमा अहिले एकजना सभापति, २ उपसभापति, २ महामन्त्री र विभिन्न क्लास्टरबाट ८ सहमहामन्त्री हुने व्यवस्था छ। खुलाबाट थप दुई जना सहमहामन्त्री थप्ने तयारी भएको हो ।

कांग्रेसको १४ औं महाधिवेशन भोलि शुरु हुँदैछ। आजको बैठक वर्तमान कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *