Main News

बाह्रबिघा रंगभूमि मैदानमा भगवान राम-जानकीको स्वयंवर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २२ गते २०:५०
बाह्रबिघा रंगभूमि मैदानमा भगवान राम-जानकीको स्वयंवर (भिडियो रिपोर्टसहित)

२२ मंसिर २०७८ धनुषा । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विशेष रुपमा मनाइने विवाहपञ्चमी महामहोत्सवको मुख्य दिन आज राम सीताको प्रतिकात्मक वैवाहिक कार्यक्रम हुँदैछ ।

जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुने विवाहपञ्चमी महामहोत्सव त्रेतायुगको झल्को दिने मिथिलाको धार्मिक उत्सव हो । भगवान रामजानकीको विवाह भएको दिनको स्मरणमा भारतको आयोध्याबाट जन्ती आएर प्रत्येक वर्ष धुमधामका साथ विवाहपञ्चमी महोत्सव मनाउने परम्परा छ ।

प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन मनाईने विवाह महोत्सवमा सहभागी हुन लाखौँका सँख्यामा श्रद्धालु भक्तजन जनकपुरमा आउने गर्दछन् । बुधवार एतिहाँसिक बाह्रबिघा रंगभुमि मैदानमा रामजानकीको स्वयवंर हुँदा मैदानमा दर्शनार्थीको घुइँचो लाग्यो ।

श्री रामको डोलालाई जानकीको डोलाले परिक्रमा गरेपछि स्वयवंर सम्पन्न हुन्छ र त्यस पछि सम्पुर्ण डोलालाई शोभायात्राका रुपमा जनकपुरधामको नगर परिक्रमा गराइन्छ । डोला हेर्न घरघरवाट स्थानीय सडकमा निसक्ने गर्दछन् । उनीहरु हातमा फुल लिएर डोला माथी बर्साउने गर्दछ । जनकपुरधाम तथा मिथिलावासी आफनै छोरीको विवाह सरह नै गितगान र पहिरनमा स्वयवंर हेर्न बाह्रबिघघा् आउने गर्दछन् ।

विवाह पञ्चमी महोत्सव मिथिलावासीका लागि शौभाग्यको आयोजना भएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवको धारणा छ । स्वयंवरका लागि राम र जानकीको दर्जनौ मन्दिरहरुबाट निस्केका डोलालाई नेपाल र सशस्त्र प्रहरीले सुरक्षा दिने गरेको छ भने नेपाली सेनाको सांस्कृतीक टोलीले शोभायात्रामा बाँजागाजा सहित अगुवाई गरेको छ ।

आज अवेर राती सम्म जानकी मन्दिरको प्राङ्गणमा मिथिलाको परम्परा र विधी अनुसार रामजानकीको विवाह हुनेछ । विवाह बिधीका लागि जानकी मन्दिरको प्राङ्गणमा भब्य विवाह मण्डप बनाइएको छ भने गंगासागरबाट मटकोर गरि ल्याएको माटोले मण्डपमा बेदी बनाई रामजानकीको विवाह विधी हुनेछ । विवाहमा नेपाल भारतका साधुसन्तहरुको बाक्लो उपस्थिती छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *