Main News

विभिन्न ६ वटा पार्टीले मंसिर २८ गते संसद घेराउ गर्ने

हिमालय टिभी
२०७८ मंसिर २२ गते १९:१६
विभिन्न ६ वटा पार्टीले मंसिर २८ गते संसद घेराउ गर्ने

२२ मंसिर २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा विभिन्न ६ पार्टीले मंसिर २८ गते संसद भवन, नयाँ बानेश्वर घेराउ गर्ने निर्णय गरेका छन् ।

आज काठमाडौंमा बसेको दुई मोर्चा सहित विभिन्न ६ दलको बैठकले संसद भवन घेराउ गर्ने निर्णय गरेको हो ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा लगायत दल तथा मोर्चा संगठनले एमसीसीको विरोधमा राजधानीका विभिन्न ठाउँमा प्रदर्शनसमेत गर्ने बताएका छन् ।

संघीय संसदको दुबै सदनको बैठक मंसिर २८ गते दिउँसो बस्ने तय भएको छ । उक्त बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । उनीहरुले मंसिर २७ गते एमसीएको नेपाल कार्यालय घेराउ गर्ने निर्णयसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *