Main News

प्रधानन्यायाधीशको परिवारबाटै न्यायालयमा विचौलियाको संरक्षणः बार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २२ गते १७:१५
प्रधानन्यायाधीशको परिवारबाटै न्यायालयमा विचौलियाको संरक्षणः बार (भिडियो रिपोर्टसहित)

२२ मंसिर २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनका क्रममा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाउनु भयो ।

उहाँले प्रमुख राजनीतिक दलहरुले पनि जबराको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले प्रधानन्यायाधीशलाई दिइरहेको सवारी साधन, सुरक्षा लगायतका सुविधा खारेज गर्नुपर्ने बताउनु भयो ।

प्रधानन्यायाधीश जबराले पदीय आचरण अनुसार काम गर्न नसकेको भन्दै कानून व्यवसायीले उहाँको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *