Main News

एमालेको झण्डा बाँदरले बोक्ने दिन आउने अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते १७:२१
एमालेको झण्डा बाँदरले बोक्ने दिन आउने अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको झण्डा बाँदरले बोक्ने दिन आउने दाबी गर्नु भएको छ।

आज सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नुपर्ने दिन आउने बताउनु भएको हो । उहाँले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको दाबीसमेत गर्नुभयो ।

अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताउनु भयो । उहाँले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको समेत बताउनु भयो । अध्यक्ष नेपालले एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएकोसमेत दाबी गर्नु भयो । उहाँले गठबन्धनको सरकारमा सहभागी दलकाअघि ओलीको केही नलाग्ने ठोकुवा समेत गर्नु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिष्ट चरित्रलाई कायम राख्न सकेन, मार्क्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ । त्यो नारायणी नदीमा बगिसकेको छ । पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउने छ, त्यहाँ रहेकाहरुको हरिबिजोग भएको छ, हामी त्यहाँ रहेको भए के हुन्थ्यो, सबैलाई थाहा छ, सच्चिनेवाला कोही छैन त्यहाँ भनेर ।’

अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी पार्टी एक हुने दाबीसमेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *