Main News

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते १६:३१
काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

गएराति काठमाडौंको बबरमहलबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिनुभयो ।

महाशाखाले गत असार महिनायता चोरी भएका १ सय ८४ वटा मोटरसाईकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *