Main News

भारतको राजस्थानबाट आउने तुफानले नेपालमा संकट ल्याउने विज्ञको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते १३:५८
भारतको राजस्थानबाट आउने तुफानले नेपालमा संकट ल्याउने विज्ञको चेतावनी (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । वायु प्रदुषणले पार्ने प्रभाव कम गर्न बेलैमा सरकारले पूर्वतयारी गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

पश्चिमी वायुको प्रकोपका कारण वायु प्रदुषण धेरै हुने र नेपालभरी नै यसको प्रभाव उच्च रहने भएकाले पूर्वतयारीमा जोड दिन जलवायु विज्ञले आग्रह गरेका हुन् ।

भारतमा हरेक वर्ष चारवटा तुफान आउने गरेको छ । त्यो तुफानको असर नेपालमा पनि पर्ने गरेको छ । पश्चिमी वायु मरुभूमिबाट आउने हावा भएकाले यो स्वास्थ्यका लागि पनि निक्कै हानीकारक छ ।

नागरिकलाई पनि आफ्नो जीवनशैली परिवर्तन गरी, प्रदुषित हावाबाट बच्न मास्क लगाउन र अन्य सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *