Main News

देशभर चिसो बढ्ने क्रम जारी, सतर्कता अपनाउन आग्रह

हिमालय टिभी
२०७८ मंसिर २१ गते ८:५८
देशभर चिसो बढ्ने क्रम जारी, सतर्कता अपनाउन आग्रह

२१ मंसिर २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको बताएको छ ।

महाशाखाका अनुसार हाल पहाडी भू–भागमा आंशिक बदली रही देशका थोरै भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ।महाशाखाले जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

आज राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मशाखाले देशभर चिसो बढ्ने क्रम जारी रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *