Main News

बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

हिमालय टिभी
२०७८ मंसिर २१ गते ७:४८
बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

२१ मंसिर २०७८ बैतडी । बैतडीमा भएको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि दुर्घटनामा मृतक संख्या पाँच पुगे हो ।

पाटन बजारबाट पाटन नगरपालिका–७ कैलपालका लागि छुटेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थाल खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा नवविवाहित दम्पत्तीसहित चार जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा सुर्नया गाउँपालिकाका २४ वर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० वर्षीया मनीषा विक, पाटन नगरपालिका सकारका १३ वर्षीय विनोद भट्टराई र सोही स्थानकी ७२ वर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रेम र मनीषाको १० दिनअघि मात्रै विवाह भएको प्रहरीको भनाइ छ । उनीहरू घरबाट माइती फर्कंदै गरेको बताइएको छ । घाइते भएका पाँच जना मध्ये दुई जनालाई डडेल्धुरा रिफर गरिएको छ ।

जीप चालक बैतडीको पाटन नगरपालिका–५ अड्तोलाका खेमराज पाण्डे फरार रहेका छन् । कच्ची बाटोमा जीप चिप्लिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *