Main News
हिंसामा परेका महिलालाई माइती नेपालले सिपमूलक तालिम दिने (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर २० गते १८:२४
२० मंसिर २०७८ काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभरले माइती नेपालको साझेदारीमा हिंसामा परेका महिलालाई सिपमूलक तालिम दिने भएको छ ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले हिंसामा परेका महिलालाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम दिन लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा ‘आशा’ नामक लोगो सार्वजनिक गरिएको थियो । महिलाहरुलाई डोजर चलाउनेदेखि व्यूटी पार्लरसम्मको तालिम दिइनेछ ।
प्रतिक्रिया