Main News
वायु सेवा निगमलाई नाफामा लैजाने मन्त्री आलेको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर २० गते १८:१७

२० मंसिर २०७८ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमलाई नाफामा लैजाने दाबी गर्नुभएको छ।
मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा रहेको निगमलाई कुनै पनि हालतमा माथि उठाउनु पर्ने बताउनुभयो ।
मन्त्री आलेले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धी भएको उल्लेख गर्नुभयो । खतराजन्य पद्धार्थ आयात निर्यातमा अब व्यवसायीलाई झन्झट नहुने र नाफा हुने उहाँले बताउनुभयो ।
मन्त्री आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसंगति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया