Main News

संसदीय सुनुवाइ समितिबाट प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

हिमालय टिभी
२०७८ मंसिर २० गते १७:३९
संसदीय सुनुवाइ समितिबाट प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

२० मंसिर २०७८ काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आजको बैठकमा भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उहाँहरुका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *