Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २६५ संक्रमित थपिँदा ३५७ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ मंसिर २० गते १६:५९
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २६५ संक्रमित थपिँदा ३५७ संक्रमणमुक्त

२० मंसिर २०७८ काठमाडौं । नेपालमा पछिल्लो समय २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १ सय १४ पीसीआर र १ हजार ५ सय ३ एन्टिजेन परीक्षण गर्दा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा ७९, ललितपुरमा २३ र भक्तपुरमा १० जना संक्रमित थपिएका हुन् ।

दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ पुगेको छ । आज ३ सय ५७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६ हजार ३ सय ८६ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो पटक एक लाख ६ हजार ६ सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *