Main News

कांग्रेस प्रदेश २ को अधिवेशन तत्कालका लागि स्थगित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २० गते १३:१६
कांग्रेस प्रदेश २ को अधिवेशन तत्कालका लागि स्थगित (भिडियो रिपोर्टसहित)

२० मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले आज जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिनु भएको हो ।

उहाँले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउन सक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पार्नु भयो ।

संयोजक रिजालले भन्नु भयो, ‘प्रदेशको ८ वटा क्षेत्रको अधिवेशन भएको छैन, विवाहपञ्चमी महोत्सव पनि चलिरहेको छ, यस्तो अवस्थामा निर्वाचन गराउनु काबु बाहिरको कुरा हो ।’

प्रदेश २ को सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको १/१ वटाको अधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *