Main News

राप्रपा अध्यक्ष लिङ्देनले महामन्त्री रहँदाकै कार्यकक्षमा किन गरे पदभार ग्रहण

हिमालय टिभी
२०७८ मंसिर २० गते १३:२८
राप्रपा अध्यक्ष लिङ्देनले महामन्त्री रहँदाकै कार्यकक्षमा किन गरे पदभार ग्रहण

२० मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा पूजाआजासहित लिङ्देनले आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गर्नुभएको हो ।

राप्रपाका दुई कार्यालय छन् । तत्कालीन अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीको कार्यकक्ष चाबहिलको चारुमतीको कार्यालयमा थियो ।

लिङ्देनले अध्यक्षको रुपमा कमल थापाले प्रयोग गर्ने गरेको कोठा प्रयोग नगर्ने हुनुभएको हो । पार्टीको अभिभावकको रुपमा रहने थापालाई कार्यालय आउन सहज होस् भनेर कोठा प्रयोग नगरेको लिङ्देनले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *