Main News
आज उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना
२०७८ मंसिर २० गते ९:२९

२० मंसिर २०७८ काठमाडौं । आज विभिन्न प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको हो ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकोले आवश्यक सुरक्षा, सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ ।
प्रतिक्रिया