Main News

कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएकालाई बुष्टर डोज लगाउने तयारीमा सरकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १९ गते १८:३१
कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएकालाई बुष्टर डोज लगाउने तयारीमा सरकार (भिडियो रिपोर्टसहित)

१९ मंसिर २०७८ काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका नागरिकलाई बुष्टर डोज लगाउने तयारी थालेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा भइसकेका नागरिकलाई बुष्टर डोज लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

गाउँगाउँमा पुगेर सबै नागरिकलाई खोप लगाउने तयारी भइरहेको मन्त्री खतिवडाले बताउनुभयो ।

समितिको आजको बैठकले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर खोप लगाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पूर्वतयारीका लागि समेत तयार रहन सरकारलाई आग्रह गरेको छ ।

समितिका सदस्यहरुले पनि कोरोनाको नयाँ भेरियन्ट, खोप, बुस्टर डोज लगाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *