Main News

हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवै सक्रिय हुनुपर्छः राष्ट्रपति भण्डारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १९ गते १८:०९
हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवै सक्रिय  हुनुपर्छः राष्ट्रपति भण्डारी (भिडियो रिपोर्टसहित)

१९ मंसिर २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवै बराबर सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला र पुरुषको समान सक्रियताले मात्रै सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुग्न सक्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले वन व्यवस्थापनका माध्यमबाट जनताको जीविकोपार्जनमा सुधारका साथै वातावरण र जैविक विविधताको संरक्षण, जलवायु अनुकुलन र न्यूनिकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *