Main News

वाग्मतीमा बानियाँलाई प्रधानको समर्थन, दोस्रो चरणको मतदान सुरु हुँदै

हिमालय टिभी
२०७८ मंसिर १९ गते १३:३८
वाग्मतीमा बानियाँलाई प्रधानको समर्थन, दोस्रो चरणको मतदान सुरु हुँदै

१९ मंसिर २०७८ मकवानपुर । शनिबार सम्पन्न नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाउनुभएको छ । अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गर्नुभएको निर्वाचत अधिकृत केशव काफ्लेले जानकारी दिनुभयो ।

मतदानमा दुई हजार ८३ जना मतदाताले भाग लिनुभएको उक्त अधिवेशनमा जम्मा १० मत बदर भएको छ, भने सभापतिमा १२ जनाले कसैलाई पनि मत नदिनुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।

नेपाली कांग्रेसको विधान बमोजिम विजयी हुनका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । तीनै जना उम्मेदवारको ५१ प्रतिशत मत नपुगेकाले आज पुनः मतदान हुने भएको छ ।

आज अपरान्ह २.३० बजेसम्म मतदान प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत काफ्लेले जानकारी दिनुभयो ।

यसैबीच, सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले अर्का उम्मेद्वार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । केहीबेर अघि हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रधानले बानियाँलाई समर्थन गर्ने बताउनुभयो । घोषणाअनुरुप आफू र आफ्ना सबै समर्थकले बानियाँलाई मतदान गर्ने प्रधानले विश्वास व्यक्त गर्नुभएको नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जानकारी दिनुभयो ।

प्रदेश अधिवेशनमा दुई हजार १५१ प्रतिनिधि सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *