Main News

आज देशभर राष्ट्रिय बाघ गणना अभियान शुरू हुँदै

हिमालय टिभी
२०७८ मंसिर १९ गते ८:२१
आज देशभर राष्ट्रिय बाघ गणना अभियान शुरू हुँदै

१९ मंसिर २०७८ काठमाडौं । आज देशभर राष्ट्रिय बाघ गणना अभियान शुरू हुँदैछ ।

आजदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ ।

नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अन्य तीन कम्प्लेक्सटमा छुट्याइएको छ। वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट आज साढे १० बजे राष्ट्रिय बाघ गणनाको उद्घाटन गर्दै हुनुहुन्छ ।

रुखमा क्यामरा जडान गरेर मन्त्रीले उद्घाटन गर्नुहुनेछ । गणनाका लागि बाघ ओहोरदोहोर गर्ने क्षेत्र र बाटो पत्ता लगाएर स्वचालित क्यामरा राखिन्छ । यसका लागि देशभर छ सय क्यामरा प्रयोग गरिने छ ।

नेपालमा चितवनलगायत बर्दिया, बाँके, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सन् २०१८ को गणना अनुसार नेपालमा बाघको संख्या २३५ वटा रहेको थियो । सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा छन् ।

त्यसपपछि बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । नेपालमा सन् २०१३ मा १९८ बाघ भेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *