कांग्रेस प्रदेश अधिवेशन तीन प्रदेशको परिणाम आयो, बागमतीमा आज फेरि मतदान
१९ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको ६ वटा प्रदेशमध्ये तीन वटा प्रदेशको मतगणनाको अन्तिम परिणाम आएको छ ।
मतगणनामा पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पक्षले एक एक प्रदेशमा जित हात पारेका छन्। कर्णाली प्रदेशमा देउवा पक्षका सभापति उम्मेदवार ललित जंग शाही विजयी भएका छन् ।
उनले पौडेल पक्षका उम्मेदवार भुपेन्द्र जंग शाहीमाथि जित हात पारेका हुन् ।यस्तै गण्डकी प्रदेशमा पौडेल पक्षका शुक्रराज शर्मा विजयी भएका छन् । उनले देउवा पक्षका उम्मेदवार अर्जुन जोशीलाई पराजित गरे ।
यता वागमती प्रदेशमा भने तीनजना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि फेरि सबैभन्द बढी मत ल्याउने दुई जनाबीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।
देउवा पक्षका इन्द्र बानियाँ र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीबीच फेरि प्रतिस्पर्धा हुने भएको हो । सिटौला पक्षका भिमसेनदास प्रधान भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
शनिबार मतदान भएका लुम्बिनी र सुदूरपश्चिममा मतगणना जारी छ । प्रदेश १ मा भने केहीबेरमा मतगणना सुरु हुँदैछ । प्रदेश २ को अधिवेशन भने भएको छैन ।
प्रतिक्रिया