Main News

राप्रपा अध्यक्षमा लिङ्देन विजयी, पदाधिकारीमा थापा पक्षको बर्चश्व, कसको कति मत ?

हिमालय टिभी
२०७८ मंसिर १९ गते ८:११
राप्रपा अध्यक्षमा लिङ्देन विजयी, पदाधिकारीमा थापा पक्षको बर्चश्व, कसको कति मत ?

१९ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । तर पदाधिकारीमा भने पराजित भएका कमल थापा पक्षको वर्चश्व भएको छ ।

आज बिहान घोषित अन्तिम परिणाम अनुसार लिंदेनले थापालाई २२७ मतान्तरले पराजित गर्नुभएको छ । राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७३ मत खसेकोमा लिङदेनको पक्षमा १८४४ र थापाको पक्षमा १६१७ मत आएको छ । ४३१ मत बदर भएको छ।

पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी हुनुभएको छ । दुवै प्यानलमा समेटिनुभएका उहाँले २५ सय २१ भोट ल्याउनुभयो ।

थापा प्यानलबाट उठ्नुभएका बुद्धिमान तामाङ १९ सय ४४ भोट ल्याएर विजयी हुनुभएको छ भने सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८ सय १४ भोट ल्याएर विजयी हुनुभएको छ ।

महिला उपाध्यक्षमा थापा प्यानलकै रोशन कार्की १६ सय ८९ भोट ल्याएर विजयी हुनुभएको छ । महामन्त्रीको प्रतिस्पर्धामा लिङ्देन पक्षबाट धवल शम्शेर राणाले सर्वाधिक २२ सय २१ भोट ल्याएर विजयी हुनुभयो ।

थापा पक्षबाट भुवन पाठकले महामन्त्रीमा १८०५ भोट ल्याएर जित हात पार्नुभएको छ । महिला महामन्त्रीतर्फ थापा समूहबाट कुन्ती शाही विजयी हुनुभएको छ ।

उहाँले २ हजार मत ल्याउँदा प्रतिस्पर्धी रेखा थापाले १६ सय ४० भोट मात्रै प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *