कमल थापाद्वारा पराजय स्वीकार, पूर्वराजा ज्ञानेन्द्र शाहले हराएको आरोप
१९ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व चयनका लागि जारी मतगणनामा राजेन्द्र लिङ्देनले अग्रता लिएसँगै निवर्तमान अध्यक्ष कमल थापाले पराजय स्वीकार गर्नु भएको छ।
नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनबाट राप्रपा अध्यक्षमा निर्वाचित भएको राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिए। अन्तिम मत परिणाम भने सार्वजनिक हुन बाँकी छ। राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए।
यता अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्लै प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै पराजय स्वीकार गर्नु भएको छ । उहाँले नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाइ तथा शुभकामनासमेत दिनुभएको छ।
उहाँले भन्नुभएको छ– प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
थापाले आफू पराजित हुनुमा निर्मल निवास अर्थात पूर्व राजा ज्ञानेन्द्र शाहको भूमिका रहेको दाबीसमेत गर्नु भएको छ । उहाँले लेख्नु भएको छ–प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु।
थापाले फेसबुकमा लेख्नु भएको छ–मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो।सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभकामना।
प्रतिक्रिया