Main News
कांग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी
२०७८ मंसिर १९ गते ७:१५

१९ मंसिर २०७८ पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी हुनु भएको छ।
अन्तिम ४६ मत गन्न बाँकी छ । गनिएको ११०० मतमा शर्माले निकटतम प्रतिश्पर्धी अर्जुन जोशीलाई ७५ मतको अन्तर पारेका छन् ।
शर्माको ५८५ मत आउँदा जोशीले ५१० मत पाए । अन्य पदमा केही प्रतिस्पर्धा छ । यहाँ शर्मा रामचन्द्र पौडेल पक्षका हुन् भने जोशी शेरबहादुर देउवा पक्षका ।
अधिकांश पद पौडेल पक्षले कब्जा गरेपनि केही पदमा देउवा पक्षका उम्मेद्वारले जित्ने सम्भावना छ ।
प्रतिक्रिया