Main News

मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १८ गते १६:४८
मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७८ ललितपुर । ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको भिमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।

भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले आज कार्यक्रमको आयोजना गरी छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो ।

‘हाम्रो सम्पदा हामी आफैं निर्माण गर्न सक्छौैं’ भन्ने मर्मलाई बोध गरी मन्दिरको छानो झिंगटी छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरिएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी हुनु भएका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल पनि ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा पुनर्निर्माण कार्यमा स्थानीयको सहभागिता गौरव गर्न लायक रहेको प्रतिक्रिया दिनुभयो ।

यो मन्दिर पुनर्निर्माणका लागि करिब ४ करोड १३ लाख लाग्ने अनुमान गरिएको छ । स्थानीय व्यापारी हिराकाजी महर्जनले मन्दिरका लागि आवश्यक इँटाको व्यवस्था गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *