Main News
कञ्चनपुरमा भएको ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु
२०७८ मंसिर १८ गते ७:१६

१८ मंसिर २०७८ कञ्चनपुर । कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
हिजो साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
मृतक कृष्णपुर नगरपालिका(९ पिपरैयाका ६५ वर्षीया द्रोपती राना, ३३ वर्षीया रतन कुमारी राना र ५५ वर्षीया रानी राना रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
कृष्णपुर नगरपालिका(९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउँदा ट्रयाक्टर सडक छेउ पल्टीएको प्रत्यक्षदर्शीको भनाइ छ ।
प्रतिक्रिया